काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुुस २७ र २८ गते काठमाडौँमा हुन लागेको विशेष महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन हुने भएको छ । विशेष महाधिवेशन जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी पुस २७ गते भृकुटीमण्डमा हुने महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शनको तयारी भएको जानकारी…