काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रियामा कडाइ गर्ने निर्णय गरेको छ। पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’बाट अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको हो । आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी…