काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान अहिलेको अवस्थामा प्रभावकारी रूपमा काम गर्न नसक्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले संविधानको संशोधन तथा परिमार्जन आवश्यक भएको बताएका छन्। तर उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने बताए । ‘यो संविधानले अहिलेकै रूपमै काम…