१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिव पदमा नियुक्त गरेका हुन् । पाण्डेयलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सिफारिस गरेका थिए । राष्ट्रपति पौडेलले लामो समय सिफारिसलाई होल्ड गरेर आज पाण्डेयलाई नियुक्त गरेका हुन्।