१० असार २०८३, बुधबार | June 24, 2026

परराष्ट्रमन्त्री डा. खड्का र सीपीसी विदेश विभाग प्रमुख जियान्चाओबीच भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खडकासँग भेटवार्ता गरेका छन् । सीपीसीका विदेश विभाग प्रमुख जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खडकासँग भेटवार्ता गरेका हुन् । परराष्ट्र मन्त्रीलाई भेटन जियान्चाओसहित ७ सदस्यीय भ्रमण टोली सिंहदरबार पुगेको थियो…