१२ बैशाख २०८१, बुधबार | April 24, 2024

खुमलटार पुगेर विवेक ओबरायले भेटे प्रचण्ड



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । बुबा सुरेश ओबरायसँगै खुमलटार उनले आज प्रचण्डलाई भेटेका हुन् ।

प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिइन् । उनले भेटघाटको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । फोटो पोष्ट गरेपनि अभिनेता ओवराय र प्रचण्डबीच भएको कुराकानीको विषय भने उनले सार्वजनिक गरेकी छैनन् ।

उता प्रचण्डका प्रेस सल्लाहकार सूर्यकिरणले भेटमा फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको जनाएका छन् । पाका बलिउड अभिनेता समेत रहेका सुरेश ओबरायका फिल्म आफूले हेर्ने गरेको प्रचण्डले बताएको प्रचण्डलाई उदृढ गर्दै सूर्यकिरणले भने ।

सुरेशले आफूले प्रचण्डलाई मुलुकमा परिवर्तन ल्याउने नेताको रुपमा चिनेको भन्दै उनको प्रशंसा गरेको पनि उनले बताए । सूर्यकिरणका अनुसार भेटमा सुरेश र विवेकले नेपालको खाना, संस्कृति र प्राकृतिक सौन्दर्यको बयान प्रचण्डसामु गरेका थिए । प्रचण्डले ओबराय परिवारको नेपाल बसाइको कामना गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : २२ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न