काठमाडौं । हालैका दिनमा भारतीय अधिकारीहरुको नेपाल भ्रमण निकै बाक्लिएको छ । भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगला आगामी मंसिर ११ गते नेपाल आउने भएका छन् । नेपालमा सत्तारुढ पार्टीका शिर्ष नेतृत्वबीच चरम द्वन्द्व बढिरहेको बेला एकपछि अर्को भारतीय अधिकारीहरुको भ्रमण बढेको हो । रअका प्रमुखलाई आफ्नै निवासमा मध्यरातमा भेट गरेपछि आलोच्य बनेपनि प्रधानमन्त्री केपी शर्मा…