१० असार २०८३, बुधबार | June 24, 2026

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत डायना मिकेविचिएनेले शिष्टाचार भेट गरेकी छन् । आज परराष्ट्र मन्त्रालयमा पुगेर डायनाले शिष्टाचार भेट गरेकी हुन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–लिथुआनिया सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्यका नयाँ क्षेत्र पहिचान एवं सहयोग विस्तारबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।