१० चैत्र २०८२, मंगलबार | March 24, 2026

महोत्तरी-१ बाट गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् । महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।