२३ बैशाख २०८१, आइतबार | May 6, 2024

परिणाम बदलिरहने कास्की-१ मा निर्वाचन रोचक बन्दै

कास्कीको सङ्घीय निर्वाचन क्षेत्र नं १ परिणाम बदलिरहने क्षेत्रका रुपमा चासो र चर्चा कमाएको छ । विगतका निर्वाचन हेर्दा परिणाम बदलिइरहेको यस क्षेत्रमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा नतीजा आफ्नो पक्षमा पार्ने लक्ष्य साथ उम्मेदवार चुनावी अभियानमा जुटेका छन् । यसअघिको आमनिर्वाचनमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा भएकोमा बाम गठबन्धनले विजय हासिल गरेको थियो…