२० भदौ २०८३, शनिबार | September 5, 2026

साहित्य उत्सवमा भारतीय साहित्यकारको चर्चा



काठमाडौँ । यहाँस्थित भारतीय दूतावासद्वारा आज आयोजित ‘हिन्दी साहित्य उत्सव’मा भारतका अग्रज साहित्यकारको योगदानको चर्चा गरिएको छ ।

नयाँ सडकस्थित नेपाल–भारत लाइब्रेरीमा आयोजित कार्यक्रममा भारतका विश्वविख्यात साहित्यकार अटल विहारी बाजपेयी, मैथिलीशरण गुप्त, सुभद्राकुमारी चौहानलगायतको जीवनी र सहित्यिक योगदानबारे चर्चा गरिएको हो ।

साहित्यकार एवं लेखक अंशु झा, कञ्चना झा, इन्दु ठाकुर, रजनीसिंह मण्डन, कृष्णचन्द्र मिश्र पब्लिकेसनका अध्यक्ष सचिदानन्द मिश्रलगायतले उनीहरुको जीवनी र योगदानबारे जानकारी गराए ।

भारतीय दूतावासले हरेक महिना साहित्यकारको जन्म भएको अवसरमा उनीहरूबारे जानकारी दिने उद्देश्यले सोही महिना पारेर यस्तो कार्यक्रम गर्दै आएको जनाएको छ ।

आजको कार्यक्रममा हिमालिनी कुञ्ज बाल कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः मनन अग्रवाल, अवानी जलान, आजाद धड्कन र साहिलसिंह उज्वयनलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस अवसरमा काठमाडौंमा हिन्दी भाषाको अध्ययन हुने विभिन्न विद्यालयका छात्रछात्राले बाजपेयीसहित विभिन्न कवि तथा साहित्यकारका कविता वाचन गरे ।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  १० : २५ बजे

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्