काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन अभूतपूर्व वृद्धि भएको छ। शुक्रबार तोलामा ७ हजार १ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो। यसअनुसार, एकैदिनको बढोत्तरी पछिल्लो समयको सबैभन्दा ठूलो हो।…