५ पुस २०८२, शनिबार | December 20, 2025

छिमेकसँगको साँध सीमा विवादलाई लामो सयमसम्म राखिरहनु कसैको पनि हितमा हुँदैन : सीमाविद् श्रेष्ठ

काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले ठोस् कूटनीतिक पहलमार्फत छिमेकी देशसँगको सीमा समस्यालाई जतिसक्दो छिटो पार लगाउनुपर्ने धारणा राखेका छन् । त्रिभुवन विश्वविद्यालयको उपलकुलपति कार्यालयमा आज आयोजित कार्यक्रममा यसवर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कारबाट सम्मानित भएपछि उनले छिमेकी देशसँग नेपालको सीमासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा केशरजङ बरालले उनलाई पुरस्कार प्रदान गरे…