५ पुस २०८२, शनिबार | December 20, 2025

राप्रपा प्रदर्शन : भद्रकालीबाट सिंहदरबारतर्फ बढेपछि प्रहरीद्वारा बल प्रयोग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा झडप भएपछि काठमाडौँको भ्र्द्रकाली क्षेत्र तनावग्रस्त बनेको छ । भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि प्रहरी राप्रपाका प्रदर्शनकारीहरुबीच केहीबेर झडप भएको छ । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर परेको छ…