८ पुस २०८२, मंगलबार | December 23, 2025

बाढीपहिरो प्रभावितको पुनःस्थापनालाई प्राथमिकतामा राख्छौँ : मन्त्री घिसिङ

इलाम । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रको पुनःस्थापनालाई तत्काल प्राथमिकतामा राखेर काम अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय इलाममा आज जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आयोजित अन्तरक्रियामा उनले इलामलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिएकाले पुनःस्थापनाको कामलाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पारे…