९ भदौ २०८३, मंगलबार | August 25, 2026

कर्णाली मन्त्री छनौटमा नेकपा भित्र विवाद हुँदा शपथ स्थगित



सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तीन जना मन्त्रीलाई शपथ ग्रहण गराउने कार्यक्रम स्थगित गराएको छ ।

मुख्यमन्त्री मंगल बहादुर शाहीले विहान ११ बजेका लागि शपथको तयारी गर्न प्रदेश प्रमूख यज्ञराज जोशी सुमक्ष अनुरोध गरेपनि मुख्यमन्त्री शाहीले केहीबेरपछि स्थगित गर्न अनुरोध गरेको प्रदेश प्रमूख कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिईन् ।

यता, कर्णाली प्रदेश सरकारको नेतृत्व पाएसँगै नेकपा बीच तीव्र असन्तुष्टि फैलिएको छ । जसको कारण मन्त्रीहरुको शपथग्रहण नै रोकिएको हो ।

यसअघि एमालेका केन्द्रीय सचिव यामलाल कँडेल मुख्यमन्त्री बनेका थिए भने एमाले र नेकपा बीचको सम्झौता अनुरुप साविक माओवादीका मंगल बहादुर शाही मुख्यमन्त्री बनेका थिए । एमालेले तीन जना मन्त्री नियुक्त गरेपनि सरकारले भने पूर्णता पाएको छैन ।

नेकपा कर्णाली इन्चार्ज चन्द्रबहादुर शाहीले भने सात जनाको नाम पठाइएको बताए । उनका अनुसार रुकुम पश्चिमबाट कल्याणी खड्का (साविक नेकपा एस), मिलन खड्का, हुम्लाबाट जुम्कित लामा, रणसिंह परियार, सुर्खेतबाट विन्दमान विष्ट, वीर बहादुर शाही र डोल्पाबाट कृष्ण जिसि रहेका छन् । यी सात मध्य तीन जना मात्रै मन्त्री बन्नेछन् ।

यसअघि एमालेलेले चार मन्त्रालय मागेकोमा तीन मन्त्रालय पाएको छ । एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाई, सामाजिक विकास मन्त्री जितबहादुर मल्ल र उर्जामन्त्रीमा कलबादुर हमाल नियुक्त भइसकेका छन् ।

‘आज हामीले केन्द्रमा नाम पठाएका छौं,’ शाहीले भने, ‘केन्द्रबाट नाम आए पछि मात्र शपथ होला ।’

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  १२ : २४ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३