२ पुस २०८२, बुधबार | December 17, 2025

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न जिल्लामा विवादास्पद बन्दै गएको छ। स्थानीय तहदेखि जिल्लास्तरसम्म नेताहरूबीच मनोमालिन्य चर्किँदै जाँदा प्रक्रियाको पारदर्शिता र आन्तरिक लोकतन्त्रप्रति प्रश्न उठ्न थालेका छन्। यसै सन्दर्भमा एमाले नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत पछिल्लो घटनाक्रमबारे कडा प्रतिक्रिया व्यक्त गरेका छन्। उनले संगठनभित्र प्रतिनिधि चयनलाई ‘शक्ति प्रदर्शन र समूहगत वर्चस्वको…