काठमाडौं । पूर्वमन्त्री पम्फा भुसालले पछिल्लो समयमा नेपाली समाजमा नकारात्मक बढ्दै गएको हुँदा सकारात्मकतर्फ जनमत निर्माण गर्नुपर्ने बताएकी छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्यक्ष समाजद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तरक्रियामा उनले नेपाली समाजमा सकारात्मकताको धारणा जगाउन जरुरी भएको बताइन् । “विश्व सूचना प्रविधिको विकासले सबैले उपयोग गर्न पाएका भए…