विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रको एजेण्डा बोकेर हिंडेको राप्रपासँग साँठगाँठ नगर्न एमाले नेतृत्वलाई आग्रह गरेका छन् । कोशी प्रदेशमा सत्ता गठबन्धनले खडा गरेका राष्ट्रियसभा निर्वाचनका उम्मेदवार र मतदाताबीच सोमबार विराटनगरमा आयोजित अन्तरक्रियामा परिवर्तनविरोधी शक्तिसँगको सहकार्यले एमाले नेतृत्वमाथि शंकाको वातावरण निर्माण भएको बताए । राप्रपा जनतालाई आफ्नै घरको आँगनमा समेत उभिन…