काठमाडौं । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको जस्तो देखिएको संकटपूर्ण अवस्थामा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कांग्रेस नेतृत्वलाई विभाजनबाट जोगिन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रमुख दलहरूको आन्तरिक अवस्था कमजोर हुँदा त्यसको प्रत्यक्ष असर मुलुकको लोकतान्त्रिक प्रणालीमै पर्ने चेतावनी दिँदै उनले विभाजन हुन नहुने बताएका हुन् । ज्ञवालीले विगतका अनुभव स्मरण गराउँदै…