बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ। आइतबार दिउसो बुटवल उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले आइतबार राती नै चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङकेट र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । बुटवल उपमहानगरपालिकाले एकद्वार प्रणालीमार्फत…