२२ बैशाख २०८१, शनिबार | May 5, 2024

भूकम्प पीडितहरुका लागि बुटवल उपमहानगरबाट २५ लाख पठाइने

बुटवलका संघ संस्थाहरुबाट पनि गरियो आर्थिक सहयोगको घोषणा



बुटवल । बुटवल उपमहानगरले भूकम्प पीडितहरुको राहतका लागि २५ लाख सहयोग गर्ने भएको छ । आज बसेको कार्यपालिकाको बैठकले भूकम्प प्रभावित क्षेत्रमा उपमहानगरको तर्फबाट २५ लाख सहित अन्य राहत सामाग्री पठाउने निर्णय भएको हो ।

बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सामग्री पठाउनका लागि अपील पनि गरेको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयका बैठकहरुको निर्णयबमोजिम बुटवलभित्रका संघसंस्था तथा क्लबहरुलाई एकीकृत रुपमा राहत सामग्री पठाउनका लागि आह्वान गरेको हो।

बुटवल उपमहानगरपालिकामा बसेको आइतबार बैठकले बुटवलभित्रका सामाजिक संघ संस्था, व्यक्ति र क्लबहरुले पठाउने राहत सामग्री जाजरकोट र रुकुम पश्चिमसम्म पठाउन बुटवल उपमहानगरपालिकाले समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ।

जाजरकोट र रुकुम पश्चिममा राहत सामग्री पठाउँदा अव्यवस्थित भएको र वितरणमा कठिनाई भएकाले व्यवस्थित र एकीकृत रुपमा पठाउने र वितरण गर्ने संघीय सरकारको तयारीबमोजिम एकीकृत रुपमा राहत सामग्री पठाउने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

प्रमुख पाण्डेयका अनुसार बुटवल उपमहानगरपालिकाले राहत सामग्री र भौतिक संरचना निर्माणका लागि तत्काल २५ लाख रुपैयाँ सहयोग गर्ने र आवश्यकताअनुसार अन्य सहयोग गर्ने निर्णय भएको छ। सहयोग पठाउने रकमामा जनप्रतिनिधि र कर्मचारीको योगदान रहने उनले बताए। ‘विपदका समयमा चर्चा कमाउनकै लागि राहत पठाउने र प्रभावितले नपाउने विगतको भोगाइलाई ध्यानमा राखेर हामीले जाजरकोट र रुकुम पश्चिममा संघ र प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरेर भौतिक संरचना बनाइदिने योजना बनाएका छौं,’ उनले भने-‘यसले दीर्घकालीन रुपमा स्थानीयलाई पनि लाभ हुनेछ।’

बुटवल उपमहानगरपालिकाको आह्वानमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा बुटवल उद्योग वाणिज्य संघ बुटवल र रुपन्देही व्यापार संघले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लुम्बिनीले ५० हजार नगद र अन्य सहयोग गर्ने तथा पश्चिमाञ्चल ट्रक व्यवसायी प्रालि बुटवलले ४ वटा ट्रकको भाडा बराबर ४ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै मासु व्यवसायी संघ, रेडक्रस सोसाइटीलगायतका संस्थाहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बुटवलभित्रका संघसंस्थादेखि राहत दिन चाहनेहरुसँग समन्वय गर्नका लागि बुटवल उपमहानगरपालिकाले फोकल पर्सन तोकेको छ। विपद शाखाका प्रमुख योगेश चापागाईसँग सम्पर्क गरी राहत तथा नगद उपमहानगरपालिकामा जम्मा गर्न सकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले बताए।

उनले प्रभावितलाई पठाउने राहत प्रभावितसम्म पुग्ने व्यवस्था मिलाउनका लागि नगर प्रहरी र थप कर्मचारी खटाइने तथा आवश्यकताअनुसार संघसंस्थाहरुसँग समन्वय गर्ने पनि बताए।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १० : १५ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै