२५ पुस २०८२, शुक्रबार | January 9, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : महासचिव बाहेकका निर्वाचित कार्यसमितिले लिए सपथ

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा विजयी उम्मेदवारहरुले निर्वाचन सम्पन्न भएको झण्डै एक महिनापछि शुक्रबार सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् । महासचिव पदको मत परिणाममा विवाद भएपछि अदालत पुगेपछि रोकिएको सपथ तथा पदभार कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष टंक धामीलाई प्रमुख निर्वाचन आयुक्त टिकाजंग सिंहले सपथ खुवाएका थिए…