१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : महासचिव बाहेकका निर्वाचित कार्यसमितिले लिए सपथ



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा विजयी उम्मेदवारहरुले निर्वाचन सम्पन्न भएको झण्डै एक महिनापछि शुक्रबार सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् ।

महासचिव पदको मत परिणाममा विवाद भएपछि अदालत पुगेपछि रोकिएको सपथ तथा पदभार कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष टंक धामीलाई प्रमुख निर्वाचन आयुक्त टिकाजंग सिंहले सपथ खुवाएका थिए भने महासचिव बाहेकका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष धमीले सपथ ग्रहण गराएका थिए ।

महासचिव पदको मतपरिणामको मुद्दा अदालतमा विचाराधिन रहेकाले महासचिव पदको भने सपथ हुन सकेन । सपथमा ३ मतको अग्रताका साथ विजयी घोषणा गरिएका भीमबहादुर रानाभाट र परिणाम बदरको माग गर्दै पुनः मतगणना माग गर्ने महासचिवका प्रत्यासी टंक शर्मा दुबैजना अनुपस्थित भए ।

महासचिव पदमा परिणाम अस्वीकार गर्दै आन्दोलनमा उत्रिएका प्रजातान्त्रिक समुहका विजयी पदाधिकारी तथा सदस्यहरुले पनि सपथ लिएका छन् । यस अघि महासचिवको निरुपण नहुँदा सम्म सपथ नखाने अडानका साथ सो समुहका विजयी सदस्यहरु आन्दोलनमा सहभागी भएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा पदबहाली गर्दै अध्यक्ष टंक बहादुर धामीले निर्वाचन सकिएसँगै कुनै प्यानल नरहेको र सबैका एजेन्टा आफुले ग्रहण गरेको बताए ।

धामीसँगै समावेशी प्यानलका हरिलाल न्यौपाने वाणिज्य तर्फका उपाध्यक्ष र उद्योग तर्फको उपाध्यक्षमा समावेशी प्यानलकै चिरञ्जीवि ओली विजयी भएका थिए । उपमहासचिव पदमा भने प्रजातान्त्रिक प्यानलका टेक बहादुर खड्का र कोषाध्यक्षमा मख्खन बहादुर धामी विजयी भएका थिए  ।

कुल १० सदस्य पदका लागि भएको निर्वाचनमा समावेशीले ७ सदस्य पद र प्रजातान्त्रिकले ३ सदस्य पदमा जित हासिल गरेको थियो ।

संघको दुई एशोसिएट सदस्य पद तर्फ कमल कुमार कार्की र प्रदिप कुमार गुप्ता तथा वस्तुगत तर्फ किशन गुरुङ विजयी भएका थिए भने हिमलाल पौडेल र विनय श्रेष्ठको बराबर मत आएपछि आधारआधा बाँडफाँड गर्ने सहमति भएको थियो । दुबैलाई सपथ गराइएपनि पौडेलले पहिलो कार्यकालको जिम्मेवारी सम्हाल्ने सहमति गरिएको छ ।

महासचिव पदको निरुपण भएपछि मात्र सपथ खाने अडानमा सपथ नलिने अडानमा रहेका प्रजातान्त्रिक समुहका पदाधिकारी तथा सदस्यहरु सपथ खान उपस्थित भएपछि सो समुहका अध्यक्षका उम्मेदवार ललित रौनियार एक्लिीका छन् । समुहको सहमति विपरित एक्लै निर्वाचन नै बदर माग गर्दै रौनियार अदालतमा मुद्दा दिन पुगेपछि सो समुहबाट विजयी सदस्यहरु रौनियारलाई छाडेर सपथ लिन पुगेको प्रजातान्त्रिक समुह श्रोतले दाबी गरेको छ ।

निर्वाचनमा एमालेका केही नेताहरुले उठाइएका दिपेन्द्र कुमार जोशी र प्रजातान्त्रिक समुहका अध्यक्षका उम्मेदवार रौनियार सिङ्गो निर्वाचन बदरको पक्षमा उभिएका छन् ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ६ : १६ बजे

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको

एसियन छनोट खेलको लागि टिमको घोषणा, कप्तानको जिम्मा दीपेन्द्रसिंह ऐरीलाई

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन

नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको