काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् । गृहमन्त्री श्रेष्ठ मंगलबार राती ११:२० को उडानमार्फत चीनको छेन्दु प्रस्थान गरेका हुन । उनी आज बुधबार 'पश्चिमी चीन अन्तराष्ट्रिय मेला'को स्वागत भोजमा सहभागी हुने कार्यतालिकामा छ । उक्त मेलाको उद्घाटन गरी दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने…