काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध जेठ २६ गतेसम्म उजुरी दिन सकिने भएको छ । संघीय संसद अन्तर्गतको संसदीय सुनवाइ समितिले मंगलबार कार्कीविरुद्धको उजुरी आव्हान गरेको हो । ‘नेपालको प्रधानन्यायाधीश पदमा देहाय बमोजिमका व्यक्ति (कार्की)को नियुक्तिका लागि संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनवाइका लागि मिति २०८० वैशाख २७ गते यस समितिमा…