२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नेपाल–भारत सम्बन्ध जीवन्त बनाउनुपर्छ : महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भ्रमणमा नेपाल–भारत सम्बन्धलाई जीवन्त बनाउनुपर्ने बताएका छन् ।

एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफलमा उनले भारतसँग सम्बन्ध फराकिलो र समस्या पनि जटिल रहेको भन्दै समस्यामा केन्द्रित भएर छलफल गरेर सम्बन्धलाई जीवन्त बनाउनुपर्ने बताए ।

उनले नेपाली जनता असहज ठानेका सन्धिलाई पुनरावलोकन गर्नुपर्ने भन्दै भारतीय पक्षलाई नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन बुझ्न दवाव सिर्जना गर्नुपर्ने भनाइ राखे । इपिजी प्रतिवेदन नेपाल र भारत सम्बन्धको नयाँ आधारपत्र रहेको भन्दै इपिजी बुझ्न जति ढिला हुन्छ, त्यति नै सम्बन्धमा असर पर्ने महासचिव पोखरेलको भनाइ थियो ।

“इपिजीको प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने प्रक्रियामा नेपालको जोड हुनुपर्दछ । इपिजी नेपाल हितको सर्वाधिक महत्व विषय हो । त्यसको आधारमा नयाँ सम्बन्ध बनाउने गर्नुपर्दछ”, उनले भने । जोसँग धेरै सम्बन्ध हुन्छ त्यहीसँग खटपट हुने गरेको उल्लेख गर्दै उहाँले खटपट धेरै भयो भने सम्बन्धलाई असर पार्ने तहमा पुग्ने हो कि भन्ने चिन्ता रहेको बताए ।

महासचिव पोखरेलले जल यातायात माध्यमबाट ट्रान्जिट रुट बनाउने कुरा नेपालको प्राथमिकता रहनुपर्ने बताए । “गङ्गा नदीमा जल यातायातको अध्ययन इलाहावादसम्म भएको मैले बुझेको छुु”, उनले भने, “कुनै विन्दुबाट नेपालका नदीमा जल यातायात गर्ने सम्भावना रहन्छ । त्यो विषयमा पनि सरकारको ध्यान जान जरुरी रहेको छ ।”

परराष्ट्रविद् हीरण्यलाल श्रेष्ठले चीन र भारतको विरुद्धको सैनिक गठबन्धन गर्न नहुने बताए । उहाँले १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्नुपर्ने भनाइ राखे । नेपाल र भारतका विज्ञ तयार पारेको इपिजी प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्नुपर्ने बताए ।

अर्का परराष्ट्रविद् सूर्यनाथ उपाध्यायले राजनीतिक दलका नेतालाई कडाइका साथ भारतसँग आफ्नो अडान राख्नुपर्ने बताए । उनले जुनसुकै बेला देशका लागि एउटै विचार राख्नुपर्ने बताए ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारत बनाएका बाँधले गर्दा धेरै नेपाली जनता डुबानमा परेको भन्दै सीमामा बनेका बाँध भत्काउनुपर्ने बताए । उनले नेपाल भारतबीचका धेरै सीमा विवाद रहेकाले प्रधानमन्त्री दाहालले यसपटकको भ्रमणमा सीमा विवाद समस्या समाधान गर्नका लागि भारतीय प्रधानमन्त्री मोदीसँग कूटनीतिक कुरा गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १० : १३ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार