भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब रु चार लाख ७३ हजार मूल्य बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा अवैध रूपमा ल्याइएका खाद्यान्न, कपडा तथा पशुपन्छीजन्य सामग्री नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक…