२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

बाँकेमा विद्युत् महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल समयमै भुक्तानी नगर्ने पाँच हजार बढि सेवाग्राहीको ‘लाइन’ विच्छेद गरिदिएको छ । वितेको पाँच महिनाको अवधिमा लामो समयदेखि महसुल रकम नतिर्ने करिब पाँच हजार ५०० ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली प्रक्रिया सुरु गरेको नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए…