२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले दूरसञ्चार क्षेत्र, ‘मिडिया’ नीति तथा सञ्चार क्षेत्र सुधारलाई प्राथमिकतामा राखेर यी क्षेत्रमा आवश्यक अध्ययनसहित सुधारका प्रयास अघि बढाएको बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डा तिमिल्सिनाले छोटो अवधिमा सबै क्षेत्रलाई एकैपटक व्यवस्थित गर्न चुनौतीपूर्ण भए पनि सरकारले प्राथमिकताका आधारमा काम गरिरहेको…