२८ जेष्ठ २०८३, बिहिबार | June 12, 2026

पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ । प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना शनिबार रातिदेखि पहिरोमा फसेका थिए । घर रहेको स्थानको चारैतर्फ पहिरो आए पछि उनीहरु सुरक्षित स्थानमा जान सकेका थिएनन् ।…