काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा जिल्ला समन्वय समिति (जिसस) खारेज गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । सरकारले संविधान संशोधनको गृहकार्य गरिरहेका बेला नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्र र स्थानीय तह (पालिका) मात्र रहने गरी संरचना पुनःव्यवस्थित गर्न सुझाव दिएका हुन् । उनले लेखेका छन्, “पहिला रास्वपाले संघीयता खारेजको कुरा…