५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने



दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई थप सुदृढ बनाउन ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना गर्ने भएको छ ।

लुम्बिनी प्रदेशसभाबाट पारित भएको ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०८२’ प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र सञ्चालनका लागि कानुनी बाटो खुलेको हो ।

प्रतिष्ठानले मुख्यगरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनीत पदाधिकारी, सरकारी निकाय र सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढाउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागिएको प्रदेशसभा सदस्य यमबहादुर नेपालीले बताए ।

प्रतिष्ठानको सर्वोच्च निकायका रूपमा एक परिषद् रहनेछ, जसको अध्यक्ष मुख्यमन्त्री हुने तथा परिषद्मा प्रदेश सरकारका मुख्यसचिव, लोकसेवा आयोगका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष र स्थानीय तहका प्रतिनिधिहरू सदस्य रहने व्यवस्था उक्त ऐनले गरेको छ ।

त्यसैगरी, प्रतिष्ठानको प्रशासनिक प्रमुखका रूपमा खुला प्रतिस्पर्धा र योग्यताका आधारमा तीन वर्षका लागि एक जना कार्यकारी निर्देशकको नियुक्त गरिने व्यवस्था छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १ : २८ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११