गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा अस्पतालको सघन उपचार कक्ष ९आइसियू०को आज उद्घाटन गरेका छन । अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आजदेखि सञ्चालनमा ल्याइएको आइसियू सेवाको उनले उद्घाटन गरेका हुन । प्रधानमन्त्री दाहाल अस्पतालको स्वर्णजयन्ती समारोहका सहभागी हुन दिउँसो यहाँ आइपुगेका थिए । स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले अस्पतालको स्तरोन्नतीका लागि सरकारले…