बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङकै नागरिकलाई पाहुना भनेको शब्दप्रति आक्रोश व्यक्त गरेकाछन् । बुधबार तमानखोला गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधनका क्रममा उनले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नागरिकमा भ्रम छर्नका लागि आफूलाई पाहुना भनको भन्दै आक्रोश व्यक्त गरेका हुन् । “म यहीँ जिल्लाको माटोमा जन्मिएर यहीँ ठाउँको विकाशका लागि…