१४ असार २०८३, आइतबार | June 28, 2026

कसैले टक्कर दिन नसकेको ओलीलाई सरकारबाट मैले नै ढालेँ : माधव नेपाल



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई आफुले ढलाउन सकेको भन्दै सन्तोष व्यक्त गरेकाछन् ।

बिहीबार मीनभवनस्थित पार्टीका कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले टक्कर दिन नसकेका ओलीलाई आफूले टक्कर दिएर ढालेको टिप्पणी गरे। ओलीलाई आफुलाई कुनै शक्तिले पनि टक्कर दिन सक्दैन भन्ने लागेको तर आफुले टक्कर दिएर उनको सरकार नै ढलाइदिएको भन्दै नेपालले सन्तोष व्यक्त गरे । नेपालले भने, ‘त्यसकारण अहिले केपी ओली बर्बराएको हो कि उटपट्याङ कुरा गर्छन्। उनका कुराहरू भनेको आक्रोशले भरिएको छ ।’

नेपालले ओलीका सबै कुरा झुठा हुने गरेको बताए । नेपालले थपे, ‘उनमा आक्रोश, बदलाको भावना, अरुलाई अपमानित गर्ने प्रवृति र आफुलाई सर्वश्रेष्ठ ठान्ने प्रवृति पहिलेका तानाशाही शासकहरुमा जस्तै रहेको छ। ‘त्यही भएकाले एमालेले स्थानीय तह निर्वाचनमा ठूलो धक्का खाएपछि अहिले आएर ओलीले दक्षिणपन्थीहरु, राजा आउ देश बचाउ र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेका छन् ।’

नेकपा खारेज पछि एमालेमै रहेका नेपाल पक्षका २८ जना सांसदले ओलीलाई विश्वासको मत नदिँदा उनको सरकार संकटमा परेको थियो । त्यसपछि विवाद चर्किँदै गएपछि नेपाल लगाएताका नेताहरु नेकपा एकीकृत समाजवादी गठन गदैै एमालेबाट बाहिरिएका थिए ।

 

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १२ : ३७ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा