काठमाडौं। कम्प्युटरको स्रोत संकेत (सोर्स कोड) चोरी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ छन् । प्रहरीका अनुसार उनीहरूले एक सफ्टवेयर कम्पनीको सोर्स कोडमा अनधिकृत रूपमा पहुँच पुर्याई चोरी गरेका थिए ।…