१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जेनजीका माग पूरा नभई निर्वाचन हुँदैन : सुधन गुरुङ



काठमाडौं । ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुधन गुरुङले ‘जेनजी’ आन्दोलनका मागहरू पूरा नभएसम्म निर्वाचन सम्भव नहुने बताएका छन् । बिहीबार बिहान काठमाडौंको लैनचौरस्थित खड्का ल्यान्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा पुगेका गुरुङले यस्तो बताएका हुन् ।

उनले अधिकांश जेनजी समूह एकजुट भएको दाबी गर्दै भने, “समग्र हामी जेनजीहरूको टिम एक ठाउँमा छ, केही तलमाथि हुनुहुन्छ, उहाँहरूलाई पनि बोलाइन्छ । माग पूरा नभईकन कसरी चुनाव हुन्छ ? यसको जिम्मा गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्छ ।”

गुरुङका अनुसार, जेनजीका मागहरू पूरा गर्न गृहमन्त्री अर्याल स्वयं संलग्न रहे पनि प्रतिवद्धताअनुसार काम नभएको हो । उनले भने, “गृहमन्त्रीज्यू जंगीअड्डादेखि राष्ट्रपति कार्यालयसम्म हामीसँग सँगै हुनुहुन्थ्यो । माग पूरा हुन्छ भनेर विश्वास दिलाउनुभयो, तर त्यसअनुसार काम भएन भने यो हामीलाई दिएको धोका हो ।”

उनले गृहमन्त्रीले जेनजीका माग बेवास्ता गरी निर्वाचनको मात्र रटान लगाएको आरोप समेत लगाए । “हामीलाई आन्दोलनको माध्यमबाट धोका दिनु भएन भने माग पूरा गर्नैपर्छ,” गुरुङले जोड दिए ।

गुरुङले अन्त्यमा भने, “जेनजी आन्दोलन कुनै व्यक्तिगत स्वार्थका लागि होइन, राष्ट्रिय परिवर्तनका लागि हो । यदि मागहरू पूरा भएनन् भने, अर्को चरणको आन्दोलन अपरिहार्य हुनेछ ।”

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  १० : ३८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा