काठमाडौं । विश्वकप छनोट र यूएईमा वेस्ट इन्डिजविरुद्धको सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानबाट फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्रिकेट संघ नेपाल (क्यान) का सचिव पारस खड्काले स्वागत गरे । नेपालले यूएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जित्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । त्यसअघि…