काठमाडौं । निर्वाचन सामग्री छपाइका लागि छापाखानाहरूलाई सूचीकृत हुन निर्वाचन आयोगले गरेको आह्वानप्रति नेपाल मुद्रण उद्योग महासंघले आपत्ति जनाएको छ । सोमबार प्रमुख निर्वाचन आयुक्तलाई ध्यानाकर्षणपत्र बुझाउँदै महासंघले आम छापाखाना व्यवसायीहरूको पेसामाथि आघात पुगेको जनाएको हो । ‘नेपाल सरकारको सबै निकायमा दर्ता गरी राज्यलाई तिर्नुपर्ने सबै दायित्व तिरेका, अति आवश्यक छपाइ सामग्रीहरू तयार गर्न सक्ने…