१२ आश्विन २०८३, सोमबार | September 28, 2026

छानबिन कार्यदलको प्रतिवेदन बुझे प्रचण्डले, अन्तर्घात गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीभित्र भएका अन्तर्घातबारे केन्द्रीय समितिले गठन गरेको छानबिन कार्यदलले तयार पारेको प्रतिवेदन सोमबार बुझ्दै अध्यक्ष प्रचण्डले पार्टी अनुशासनविपरीत कार्य गर्नेलाई सुझावका आधारमा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

पार्टी मुख्यालयमा पेरिसडाँडामा प्रतिवेदन बुझेका प्रण्डले कार्यदलले निष्पक्ष, पूर्वाग्रहविना सुझाव दिएको आफूले विश्वास गरेको भन्दै प्रतिवेदन कार्यान्वयनमा लैजाने बताए ।

स्थानीय तह निर्वाचनमा विभिन्न ठाउँमा अन्तर्घात भएको निष्कर्ष निकाल्दै कार्यदलले निष्कासन, निलम्बन र चेतावनीको कारबाही गर्न दिएको सुझावलाई आफूले मनन गरेको प्रचण्डको भनाइ छ ।

टंक राईको नेतृत्वका गठित छानविन कार्यलले देशभरका आरोपित नेता कार्यकर्तासँग बयान लिएर तयार पारेको प्रतिवेदन बुझ्दै प्रचण्डले अन्तर्घात गर्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी निर्माण नहुने बताए ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ४ : २० बजे

सर्वोच्चद्वारा कर्णालीका सांसद राजकुमार शर्माको रिट खारेज, सांसद पद नरहने

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माले आफ्नो

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

दाङ । लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान

काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका

चोलेन्द्र प्रकरणबारे नेपाल बार – ‘न्यायालयमाथिको दबाब र प्रभाव डटेर सामना गर्छौं’

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति नेपाल बारको आपत्ति, ‘न्यायालयमाथिको दबाब र प्रभाव