काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ माथि छलफल भइरहेको छ । उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी बैठकले बहुमतले स्वीकृत गरेपछि छलफल सुरु भएको हो । छलफलमा भाग लिँदै एमालेले नागरिकताजस्तो विषयलाई जनमत विभाजित गरेर पास गर्न नहुने बताएको छ ।…