३१ भदौ २०८३, बुधबार | September 17, 2026

तयारी नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍यो



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सारिएको छ । आज बिहीबार बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै दिउँसो ४ बजेका लागि सारिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बस्ने स्थायी समिति बैठकले माओवादीको पदाधिकारी टुंगो लगाउने बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।

माओवादीको आठौं महाधिवेशन सकिएको सात महिना पूरा भइसक्दा पनि अहिलेसम्म पदाधिकारी, स्थायी समिति चुनिन सकेको छैन भने पोलिटब्यूरो र केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन ।

बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो । स्राेतका अनुसार आजको बैठकमा प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन् ।

 

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  १० : ०० बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै