२७ माघ २०८२, मंगलबार | February 11, 2026

साफ यू-२०: भारतलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा आइतबार घरेलु टोली भारत र नेपालबीच प्रतिस्पर्धा हुँदैछ । भुवनेश्वरस्थित कालिङ्ग रंगशालामा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । भारतको सामना गर्दा नेपाल जितसहित फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा लगातार तीन खेल जित्दै बंगलादेश यसअघि नै फाइनल प्रवेश गरिसकेको छ…