बुटवल। अघिल्लो वर्ष सम्म भारतबाट सिमेन्ट आयात गर्दै आएको नेपालले पहिलो पटक भारतमा सिमेन्ट निर्यात शुरु गरेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले पहिलो पटक भारत निर्यात गरेको हो । शुक्रबार एक समारोहका बिच पाल्पा सिमेन्ट इन्डष्ट्रीज लिमिटेडले तानसेन सिमेन्ट भारततर्फ निकासी गरेको छ । उद्योगका प्रमुख अतुल डाल्मियाले सिमेण्टमा आत्मनिर्भर…