२९ भदौ २०८३, सोमबार | September 14, 2026

सरला यादव बनिन एकीकृत समाजवादीको प्रमुख सचेतक



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीको तर्फबाट प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ ।

शुक्रवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा पूर्व सांसद एवं पार्टी केन्द्रीय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिने निर्णय भएको पनि जानकारी दिए प्रवक्ता खतिवडाले बैठकमा पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा समेत छलफल भएको बताए ।

खतिवडाले भने, ‘पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा समेत छलफल भएको छ । प्रतिनिधि सभाको प्रमुख सचेतकमा हाम्रो संसदीय दलको तर्फबाट सरला यादवलाई मनोनयन गर्ने निर्णय गरेको छ । हाम्रो पार्टीबाट सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा पूर्व सांसद, पार्टी केन्द्रीय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिइएको छ ।’

बैठकपछि संक्षिप्त कुराकानी गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बैठकमा हालै सम्पन्न केन्द्रिय परिषदका बैठकले निर्णय गरे बमोजिम पार्टीलाई देशका १६५ वटा संघीय निर्वाचन क्षेत्र र ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पार्टी संगठन बिस्तार गर्ने, जनवर्गीय संगठनहरु बिस्तार गर्ने र पार्टी संगठनलाई राष्ट्रव्यापीरुपमा बिस्तार गर्ने निर्णय गरेको बताए । खनालले भने, ‘आज हाम्रो सचिवालयको सम्पन्न भयो । यो बैठकमा भर्खरै सम्पन्न केन्द्रिय परिषदका बैठकले निर्णय गरे बमोजिम हाम्रो पार्टीलाई देशका १६५ वटा नै संघीय निर्वाचन क्षेत्र र ३३० वटा नै प्रादेशिक निर्वाचन क्षेत्रमा व्यापक रुपले पार्टी संगठन बिस्तार गर्ने, जनवर्गीय संगठनहरु बिस्तार गर्ने, पार्टी संगठनलाई राष्ट्रव्यापीरुपमा बिस्तार गर्ने निर्णय गरियो । अब हामी चाँडै नै आम निर्वाचनको दिशातर्फ अघि बढीरहेको हुनाले संघीय निर्वाचन र प्रादेशिक निर्वाचन दुवै निर्वाचनहरु सन्निकट हुँदै गएकोले निर्वाचनको बारेमा पनि व्यापकरुपले तयारी गर्ने कुरालाई पार्टीव्यापी रुपमा अघि बढाउने निर्णय भयो ।’

सम्मानित नेता खनालले मुलुक संघ र प्रदेशको निर्वाचनमय हुन लागेको भन्दै आगामी निर्वाचनका बारेमा तयारी गर्ने कुरालाई पार्टीव्यापी रुपमा अघि बढाउने निर्णय भएको बताए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ४ : ४० बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको