काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट भएको निर्णय पालना नगर्ने छुट पार्टीभित्र कसैलाई पनि नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विश्वकर्माले केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरिसकेको उल्लेख गर्दै उक्त निर्णय सबै नेता–कार्यकर्ताले मान्नुपर्ने बताएका हुन्। “पार्टीको तर्फबाट…