झापा । कनकाई नगरपालिका-६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । उनी च्याउ बेचेरै वार्षिक छ लाख रुपैयाँ मुनाफा आर्जन गर्छन् । ११ वर्षअघि आफूसँग भएको पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको २५ हजार रूपैयाँ लगानी गरेर बनाएको एउटा टहराबाट उनले च्याउखेती सुरु गरेका थिए । एउटा टहरामा ४५० पोका…