१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

धारा नेपालगन्ज म्याराथन : लामोदुरीको उपाधी सेनाको कब्जामा



नेपालगन्ज । नेपालगन्जमा आज सम्पन्न धारा नेपालगन्ज म्याराथन अन्तर्गतको लामो दुरीको उपाधी नेपाली सेनाले कब्जा गरेको छ । म्याराथनको ४२ किलोमिटरको दुरी २ घण्टा २० मिनेटमा पूरा गरेर पहिलो उपाधी सेनाका खडगबहादुर खड्काले जितेका छन् ।

सोही दुरी अन्तर्गतको म्याराथनको दोस्रोमा नेपाली सेनाका नरेन्द्रसिंह रावत र तेस्रो नेपाली सेनाकै मोहनदेव जोशी भएका छन् ।

हाफ म्याराथनको उपाधी पनि नेपाली सेनाकै सन्तोषी श्रेष्ठले जितेकी छनू ।

हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

एक दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भइ राज्य र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन (मंसिर ५) लाई स्मरण गर्दै आठ बर्षअघि नेपालगन्ज म्याराथन आरम्भ भएको थियो । म्याराथनलाई सुरुदेखि नै केएल दुगड ग्रुपको धारा ब्राण्डले मुख्य प्रायोजन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १२ : ०२ बजे

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष