चितवन । बुधबार रातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुलेको छ । बुधबार राति परेको पानीले पहिरो आएपछि सडक अवरुद्ध हुँदा सयौं सवारी साधन बाटोमै अलपत्र परेका थिए । सडक साढे १ बजेदेखि सञ्चालनमा आएको हो । नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरू हरेक वर्ष सास्ती खेप्न बाध्य छन् ।…